logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राप्ती नगरपालिकाको पम्फा खोलामा बम बिस्फोट,एक घाइते


अंकुरण खबर
1.209K
Shares

काठमाडौं – चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ मा पर्ने पम्फा खोलामा बम बिस्फोट, भएको छ ।

सोमबार दिउसो १ बजे तिर भएको बम बिस्फोटमा परि १ जना घाईते भएका छन् । स्थानीय राजन सिल्वालले शंकास्पद बस्तु देखेपछि के रहेछ भनेर हेर्ने क्रममा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

चितवनमा आज बिप्लब समुहले बन्दको घोषणा गरेको छ । बन्दको पूर्वसन्ध्यामा राखिएको बम बिस्पोटन भएको हुन सक्ने प्रहरीको अनुमान छ । घाईते सिल्वालको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको हात र छातिमा चोट लागेको छ ।