logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत


अंकुरण खबर
858
Shares

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत भएको छ । काम गर्न असहयोग भएको भन्दै  साहले केही दिनअघि अध्यक्ष प्रचण्डसमक्ष बुझाएको राजीनामा अस्वीकृत भएको हो ।

नेकपाको सचिवालय बैठकले साहको राजीनामामाथि छलफल गर्दै उनलाई काममा फर्किन निर्देशन दिएको महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् ।  साहले उठाएका विषयमा पार्टीको ध्यानाकर्षण भएको र उपयुक्त विधिबाट समाधान गरिने नेताहरुले भनेका छन् ।

साहले रौतहटमा वरिष्ठ नेता माधवकुमार नेपालकै कारण पार्टी एकीकरणको काम हुन नसकेको आरोपसमेत लगाएका थिए । तर, रौतहटमै पूर्वमाओवादी पक्षका अशोक जयसवाललगायतका नेताले पत्रकार सम्मेलन गरी प्रभु साहले मनोमानी गरेकाले समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन् ।