logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेताविरुद्ध बोल्न नपाइने नेकपा निणर्यलाई सहज रुपमा बुझ्न प्रवक्ता श्रेष्ठको आग्रह


अंकुरण खबर
832
Shares

काठमाडौं – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रुपमा बिरोध या आलोचना नगर्न निर्देशन दिएको भोलिपल्ट प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यसको बचाउ गर्दै पार्टीको निर्णयलाई सही रुपमा बुझ्न आग्रह गरेका छन्।

उनले पार्टीका कुनै पनि कमरेडको व्यक्तिगत टिकाटिप्पणी सार्वजनिक रुपमा नगर्न आग्रह समेत गरेका छन् । पार्टीका नेताविरुद्ध कार्यकर्ताको आलोचना मात्र हो कि नेताहरुबीचकै आलोचना माथि पनि लगाम लगाएको हो भन्ने प्रश्न उठिरहेका बेला श्रेष्ठले नेताहरुलाई पनि त्यो छुट नभएको बताएका छन्।

यस्तै उनले पार्टी र सरकारलाई कमजोर वा असफल पार्ने नियतले केही नगर्न ट्वीटरमार्फत अनुरोध गरेका छन्। तर बैचारिक, नीतिगत बिषयमा सार्वजनिक छलफल वा आलोचनात्मक टिप्पणी गर्न सकिने उनको भनाइ छ।

सोमबारको सचिवालय बैठकले पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरुलाई पार्टिको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा बिरोध भएमा पार्टि बिधानको व्यवस्था बमोजिम प्रस्तुत हुन र अन्तरपार्टि जनबादको भरपुर उपभोग गर्न निर्देशित गरेको थियो ।

यस्तै पार्टीको नीति वा नेतृत्वका विरुद्धमा लेख्ने ,बोल्ने वा गतिबिधि गर्नेहरुप्रति पार्टी विधान बमोजिम स्पष्टिकरण सोधिने र कारवाहिको प्रक्रिया अघि बढाइने निणर्य गरेको थियो ।