logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभाको अवरोध हटाउन आज सर्वदलीय बैठक बस्दै


अंकुरण खबर
1.651K
Shares

काठमाडौं – प्रतिनिधिसभाको अवरोध हटाउनेबारे सभामुख कृष्णबहादुर महराले आज सर्वदलीय बैठक बोलाएका छन् ।

नेपाली कांग्रेस र राजपाको अवरोधका कारण केहीदिनदेखि संसद बैठक बस्न नसकेपछि सभामुख महराले आज दिउँसो १२ बजेपछि सर्वदलीय बैठक बोलाएको उनका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए ।

हिजो कांग्रेस र राजपाका सांसदले सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै नाराबाजी गरेपछि संसद बैठक आज दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो ।