logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री रोजगार कार्यक्रम : एक लाख ७५ हजारलाई रोजगारी


अंकुरण खबर
1.118K
Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम सफल भएको जीकिर गरेका छन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनमा गर्दै मन्त्री विष्टले आर्थिक वर्ष २०७५र७६ बाट सुरु भएको यो कार्यक्रम पहिलो वर्ष नै एक लाख ७५ हजार ९०९ जनालाई २२ लाख ६९ हजार २६९ दिन रोजगारी दिन सफल भएको जनाएका हुन् ।

मन्त्री विष्टले यस कार्यक्रम अन्तर्गत ७५३ वटै स्थानीय तहबाट कामका लागि २ अर्ब ३६ करोड ८९ लाख ६९ हजार बजेट स्थानीय तहलाई सशर्त अनुदानका रुपमा हस्तान्तरण गरेको जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा स्थानीय तहमा ६ हजार ८ सय ६४ वटा आयोजना निर्माण भएको जनाएका छन् ।