logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम छिटो सक्न प्रधानमन्त्री ओलीको निर्देशन


अंकुरण खबर
3.588K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम छिटो सम्पन्न गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्विनीसँग सम्बन्धित रामग्राम, कपिलबस्तु आदि क्षेत्रको सर्वाङ्गीण विकास हुने गरी नयाँ मोडल तयार पार्न लुम्विनी विकास कोषलाई निर्देशन दिएका हुन्।

शुक्रबार प्रधानमन्त्री निबास बालुवाटारमा आयोजित लुम्बिनी विकास बोर्डको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले अघि सारेको लुम्विनी गुरुयोजना छिटो सक्न निर्देशन दिएको कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले बुद्धसँग सम्बन्धित क्षेत्रमा बौद्ध परिपथ निर्माण गर्ने कामको तयारी गर्न लुम्विनी विकास कोषलाई सचेत गराए ।