logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विमानस्थलका कर्मचारीलाई मन्त्री भट्टराईको चेतावनी : कार्यालय समयमा मोबाइल चलाए कारबाही


अंकुरण खबर
884
Shares

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीलाई कार्यालय समयमा मोबाईल फोनमा समेत कुरा नगर्न सचेत गराएका छन् ।

आज विमानस्थलमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले अख्तियारलगायतका निकायको छानविनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनीसमेत दिए ।

मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेस बुक चलाएर बस्ने कर्मचारीको तस्वीर आफूले संकलन गरेको भन्दै कारबाही गर्न निर्देशन पनि दिए । मन्त्री भट्टराईले विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कार्वाहीको दायरामा ल्याउन सिसिटिभी क्यामेराको थप व्यवस्था गर्ने पनि बताए ।

विमानस्थल मुलुकको ईज्जतसँग जोडिएकाले कर्मचारीहरु बढी अनुशासित हुनुपर्ने उनको भनाइ थियो । सेवाग्राहीप्रति कर्मचारीहरुको व्यवहारमा सुधार ल्याउन विमानस्थल कार्यालयले प्रशिक्षण दिएको हो । छ दिनसम्म चल्ने प्रशिक्षणपछि कर्मचारीहरुको काम गर्ने शैलीमा पनि सुधार आउने अपेक्षा गरिएको छ ।