कृषि तथा पशुपँंक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले किसानका समस्या समधान गर्न सरकारले कुनै कसर बाकी नराख्ने बताएकी छिन् ।
झापा पृथ्वीनगरमा साना किसान कृषि सहकारी संस्थाका कृषकहरुसंग आइतबार अन्तरक्रिया तथा चिया कारखानाको अबलोकन गर्दै राज्य मन्त्री चौधरीले कृषकका लागि सरकारले प्रयाप्त सहयोग गर्न नसकेको तर अब थप सहयोग गर्ने बताएकी छिन् ।
राज्य मन्त्री चौधरी समक्ष किसानहरुले सरकारको सहयोगमा आफुहरुले सञ्चालनमा ल्याएको चिया कारखाना र चिया खेती लगाएतका व्यावसायमा रहेका समस्या समधान गर्न माग गरे । साथै उनीहरुले आगामी दिनमा व्यावसाय प्रवर्द्धनका लागि थप सहयोग गर्न माग गरे । कार्यक्रममा ,प्रदेश सांसद झलक सिंह दर्लामी ,सभासद पुर्ण सिंह राजबंशी लगायत कृषकहरुको सहभागिता रहेको थियो ।