logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ज्ञानेन्द्रले ओमानमा हुने टि २० सिरिज गुमाउने


अंकुरण खबर
1.118K
Shares

काठमाडौं – आगमी अक्टोबरमा ओमानमा हुने पाँच राष्ट्र सम्मिलित टि २० सिरिज उप कप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन् । ज्ञानेन्द्रले व्यक्तिगत देखाउँदै नखेल्ने जनाएका हुन् ।

नेपालसहित ५ राष्ट्रले आगमी अक्टोबर ५ देखी १० सम्म ओमानमा हुने टि२० सिरिजमा प्रतिस्पर्धा गर्दैछन् । जसको लागि नेपालले दुई दिन अघिदेखी बन्द प्रशिक्षण सुरु गरि सकेको छ । प्रतियोगितामा टेष्ट राष्ट्र आयरल्यान्ड, नेपाल, ओमान, हङकङ र नेदरल्यान्ड रहेका छन् ।

नेपालले ६ अक्टोबरमा हङकङ,७ अक्टोबर नेदरल्यान्ड,९ अक्टोबरमा आयरल्यान्ड र १० अक्टोबरमा ओमानसँग खेल्ने छ । यसलाई यूएईमा हुने ग्लोबल छनोटको तयारीस्वरुप लिइएको छ ।