काठमाडौं – कीर्गिजस्तानमा हुने नादेज्दा कप महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन नेपाली महिला फुटबल टिमको विदाइ गरिएको छ । सेप्टेम्बर आठ ताखिरदेखि हुने प्रतियोगिताका लागि नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले विदाई गरे ।
प्रतियोगिता सेप्टेम्बर ८ देखि १२ तारिखसम्म कीर्गिस्तानमा आयोजना हुने छ । जसमा नेपालसहित घरेलु टोली कीर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले पहिलो खेलमा सेप्टेम्बर ८ तारिखमा कीर्गिस्तानसँग् खेल्ने छ । भने ९ तारिखमा उज्वेकिस्तान र १० तारिखमा ताजकिस्तानसँग खेल्ने छ । समूह चरणको अंकका आधारमा शीर्ष २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दा पुछारका दुई टिमले तेस्रो र चौथो स्थानका लागि भिड्ने छन् ।