फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको छ ।
कुवेतस्थित अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा गएराति भएको खेलमा पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा पाँच गोल खायो । तर, नेपालले एक गोल पनि फर्काउन सकेन ।
फिफा वरियतामा नेपालभन्दा कुवेत चार स्थान माथि छ । तर नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन ।