logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई साताको स्वास्थ्य उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फर्किए


अंकुरण खबर
1.638K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट २ साता पछि स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका छन् ।

उनलाई लिन सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल गृहमन्त्री रामबहादुर थापा लगायतल नेता तथा कार्यक्रता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो ।  प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दिएनन् ।