logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

यु १९ एसिया कप : नेपालले श्रीलंकालाई दियो १६० रनको लक्ष्य


अंकुरण खबर
1.131K
Shares

काठमाडौं – श्रीलंकामा जारी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले श्रीलंकालाई १६० रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको नेपालले निर्धारित ४२ ओभारमा नौ विकेटको क्षतिमा १५९ रन बनाएको हो । नेपालका लागि रित गौतमले अर्धशतक पुरा गरे । ८५ बलको सामना गरेका उनले चार चौकाको मद्दतमा ५४ रन जोडे ।

यस्तै कप्तान रोहित कुमार पौडेलले ४७, राशिद खानले नटआउट १५, र हरि चौहनले १२ रन जोडेपनि अन्य व्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङतर्फ श्रीलंकाका नाभोद परानाभिथान र दिल्शान मदुशांकले समान तीन–तीन तथा रोहन संजय र आशियन ड्यानियलले एक–एक विकेट लिए । १६० रनको लक्ष्य पाएको श्रीलंका केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ ।