logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिंसा नियन्त्रणका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री थापा


अंकुरण खबर
1.521K
Shares

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले मानव बेचविखन तथा ओसारपसारका घटना हुन नदिन सरकारले कानुनी, नीतिगत र संरचनागत प्रयास गरिरहेको दावी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले हिंसा नियन्त्रणका लागि प्रहरीलगायतका राज्यका सबै निकायलाई परिचालन गरेर सरकारले काम गरिरहेको बताएका हुन् ।

बेचविखन बढदै गएकोमा चिन्ता व्यक्त गर्दै गृहमन्त्री थापाले नियन्त्रणका लागि सरकारले गम्भिरतापूर्वक काम गरिरहेको पनि उल्लेख गरे ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाइन । मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसका अवसरमा साताब्यापी कार्यक्रम भैरहेका छन् ।