काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी भदौ २३ गते वासु स्मृति दिवस मनाउने निर्णय गरेको छ । पार्टीले पार्टी कार्यालय धुम्बाराहीमा दिवस मनाउने भएको हो ।
उक्त कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डको प्रमुख आथित्यता रहने बताइएको छ । पार्टीका सबै शीर्ष नेताहरुको उपस्थिति रहने कुराको जानाकारी नेकपाका बरिष्ठ केन्द्रिय सदस्यले जानकारी दिए । २०५६ साल भदौ २३ गते गोरखाको गाँखु गाविसमा वाग्लेको हत्या भएको थियो । उनलाई प्रहरीले नियन्त्रणमा लिई गोली हानी हत्या गरेको थियो ।
जनयुद्धको क्रममा उच्च शहादत प्राप्त एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीका तत्कालिन वैकल्पिक पोलिटब्युरो सदस्य क. सुरेश वाग्ले (वासु) को जन्म गोरखाको पालुंगटार स्थित रातडाँडा भन्ने गाउँमा वि.सं. २०१० साल भाद्र २४ गते बुधबारका दिनमा स्वर्गीय पिता भोजराज वाग्लेका जेष्ठ सुपुत्रका रुपमा स्वर्गीय माता दुर्गादेवी वाग्लेको कोखवाट भएको थियो ।