logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालले आजै उज्बेकिस्तानसँग खेल्ने


अंकुरण खबर
1.599K
Shares

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले किर्गिस्तानमा जारि नादेझ्दा कप अन्तर्गत दोस्रो खेलमा आज उज्बेकिस्तानको सामना गर्दैछ । आज नेपाल र उज्बेकिस्ताबीच ११: ४५ बजे खेल सुरु हुनेछ ।

आइतबार भएको पहिलो खेलमा घरेलु टोली किर्गिस्तानलाई ८-२ ले पराजित गरेको नेपाली टोली उच्च मनोबलमा छ । यता, उज्बेकिस्तानले पनि पहिलो खेलमा ताजिकिस्तानलाई १२-० को फराकिलो अन्तरले पराजित गर्दै सुखद सुरुवात गरिसकेको छ । आज विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने बलियो सम्भावना रहनेछ ।

किर्गिस्तानविरुद्ध जितमा नेपालका लागि सावित्रा भण्डारीले ४, अनिता बस्नेतले २ तथा दिपा राई र कप्तान निरु थापाले १-१ गोल गरेका थिए ।