काठमाडौं – किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको हो ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफ खेलको ५१ औं मिनेटमा दोस्रो गोल खाएको हो । यसअघि खेलको ३४ औं मिनेटमा नेपालले पहिलो गोल खाएको थियो ।
अब प्रतियोगिताको अन्तिम खेलमा नेपालले भोली ताजकिस्तानको सामना गर्नेछ । प्रतियोगितामा नेपाल र उज्वेकिस्तानको समान ३ अंक रहेको छ । गोल अन्तरका आधारमा उज्वेकिस्तान शीर्ष स्थानमा रहेको छ । प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।