logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वकप छनोटको दोस्रो खेलमा नेपालले आज चाईनिज ताईपेइसँग प्रतिस्पर्धा गर्दै


अंकुरण खबर
1.729K
Shares

काठमाडौं – विश्वकप फुटबलको दोस्रो चरणको छनोट अन्तर्गत  दोस्रो खेलमा नेपालले आज चाईनिज ताईपेईसँग प्रतिस्पर्धा गर्दैछ ।

दुई टोलीविचको खेल ताईपेईको घरेलु मैदानमा मंगलवार अपरान्ह ४:५५ मिनेटमा हुनेछ । ताईपेईविरुद्ध नेपाली टोली किरण चेम्जोङकै कप्तानीमा मैदान उत्रनेछ । पहिलो खेलमा पराजित दुबै टोली आज पहिलो जितको खोजीमा हुनेछन् ।

पहिलो खेलमा नेपाल कुवेतसँग तथा चाईनिज ताईपेई जोर्डनसँग पराजित भएको थियो । यसअघि जेठमा भएको मैत्रीपुर्ण खेलमा दुबै टिमले एक–एक गोलको बराबरी खेलेका थिए । फिफा बरियतामा ताइपेइ १ सय २५ र नेपाल १ सय ६६ औं स्थानमा रहेका छन् ।