जनकपुरधाम – नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश दुईको स्थगित गरिएको सपथ ग्रहण समारोह फेरि आयोजना गर्न लागिएपछि झडप भएको छ ।
मंगलबार महोत्तरीको बर्दिबासममा स्थगित गरिएको सपथ ग्रहण समारोह फेरि आयोजना गरिएपछि प्रदेश दुईको छ वटा जिल्लाका असन्तुष्ट र सन्तुष्ट पक्षबिच झडप भएको हो । नेकपाका शीर्ष नेताहरुले सक्रिय कार्यकर्ताहरुभन्दा आफ्ना आसेपासेलाई प्राथमिकतामा राखेर जिल्ला पदाधिकारीमा छनोट गरे भन्दै असन्तुष्ट पक्षका नेताहरु सपथग्रहण कार्यक्रम विथोल्ने चेतावनी दिँदै आएको थियो ।
असन्तुष्ट नेता कार्यकर्ताको चेतावनीका बाबजुद पनि सपथग्रहण समारोहलाई यथावत राखेपछि झडप भएको जनाएको छ । झडपमा नेकपा प्रदेश दुईका अध्यक्ष प्रभु साहमाथि समेत हातपातको प्रयास भएको जनाईएको छ ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज समेत गरेपछि एकजनाको टाउको समेत फुटेको छ ।