logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तीन दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किए चीनका विदेशमन्त्री वाङ यी


अंकुरण खबर
1.248K
Shares

काठमाडौं – तीन दिने नेपाल भ्रमण पूरा गरी चीनका विदेशमन्त्री वाङ यी मंगलबार स्वदेश फर्किएका छन् । आइतवार काठमाडौं आएका चिनियाँ विदेशमन्त्री वाङले मंगलबार नै राजनीतिक भेटवार्ता गरेका थिए ।

यसअघि चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरेका थिए । यसैबीच परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गरेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ समकक्षी वाङसँग प्रतिनिधिमण्डल स्तरको भेटवार्ता गरेको जनाएको छ ।

दुवै परराष्ट्रमन्त्रीले दुई देशबीचको सबै महत्वपूर्ण पक्षबारे पुनरावलोकन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।