logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेविसंघले विश्वविद्यालय परिसरमा रुख रोपेर मनायो विपि जयन्ती


अंकुरण खबर
3.237K
Shares

काठमाडौं – नेपाल विद्यार्थी संघको नेतृत्व नेपाली कांग्रेसका नेता विपी कोइरालाको १०६ औ जन्म जयन्तीको अवसर पारेर आज त्रिभुवन बिश्वबिद्धालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

त्रिभुवन बिश्वबिद्धालय परिसरमा नेपाल विद्यार्थी संघले करिब तीन सय रुख रोपेको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपी साउदको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहको बिशिस्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका नेता साउदले विपीको बाटोमा हिडे मात्रै देस समृद्ध र सुखी नेपाली हुने बताए । उनले कांग्रेसले विपी कोइरालाको जन्म जयन्ती मनाउदा गर्व गर्नुपर्ने पनि जिकिर गरे ।

कार्यक्रममा अन्य विद्यार्थी संगठनहरुका नेताको पनि सहभागीता रहेको थियो । सहभागी विद्यार्थी संगठनका नेताहरूले बिपि कोइराला दुरदर्शि नेता भएको भन्दै कोइरालाको समाजावाद खुलेरै प्रसंसा पनि गरेका थिए ।