काठमाडौं – नादेज्दा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाली महिला टोलीले उज्वेकिस्तान प्रतिस्पर्धा गर्दैछन् ।
दुबै टोली विचको खेल किर्गीस्तानको काराकोलस्थित सेन्ट्रल स्टेडियममामा अपरान्ह पौने चार बजे हुनेछ ।
पहिलोपटक प्रतियोगितामा सहभागी भएको नेपाल उपाधि घर भित्राउने प्रयासमा छ । नेपाललाई आज समूह चरणमा उज्वेकिस्तानसंग ब्यहोरेको हारको बदला लिने अबसर समेत रहेको छ ।
फिफा बरियताको ४४ औ स्थानमा रहेको उज्वेकिस्तानलाई हराउन १ सय १ औ स्थानमा रहेको नेपाललाई त्यति सहज भने छैन । फिफा बरियतानै नपाएको किर्गीस्तानले पहिलो पटक चार टिमलाई सहभागीता गराउँदै नादेझ्दा कप आयोजना गरेको हो ।