logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन, बने म्यान अफ द म्याच


अंकुरण खबर
2.262K
Shares

काठमाडौं – क्यारिवियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

बारबार ट्रिडेन्टबाट खेलिरहेका सन्दीपले ४ ओभर बलिङ गर्दै मात्र २२ रन खर्चेर तीन विकेट लिए । खेलमा उनी म्यान अफ द म्याच बने । गत सिजनको पूर्व टिम सेन्ट किट्स एण्ड नेभीस प्याट्रियोट्सविरद्ध सन्दीपले कमालको प्रदर्शन गरेका हुन् ।

टस हारेर पहिले ब्याटिङ गरेको सन्दीपको टिम बारबाडोसले २० ओभरमा दुई विकेट गुमाउँदै १८६ रन बनाएको थियो ।

१८७ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स एण्ड नेभस प्याट्रियोट्सले १६८ रनमा समेटियो ।