logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिम प्रदेशमा जिल्ला र स्थानीय तहमा नेकपाको एकीकरण सम्पन्न


अंकुरण खबर
2.366K
Shares

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले आफ्नो मातहका सबै जिल्ला र स्थानीय तहको एकीकरण सम्पन्न भएको घोषणा गरेको छ ।
प्रदेश इन्चार्ज भीम रावलसहित पदाधिकारीले आज धनगढीमा पत्रकार सम्मेलन गरी सुदूरपश्चिमका ९ जिल्ला र ८८ स्थानीय तहका साथै वडा तहसम्म एकीकरणको काम सम्पन्न भएको बताएका हुन् ।

रावलले अब भातृ संगठनहरुको एकीकरण पनि टुंगो लाग्ने भन्दै राष्ट्रिय स्वाभिमान र पार्टी एकताका सन्देश दिन गाउँ गाउँसम्म अभियान सन्चालन गरिने बताए । पार्टी एकीकरण टुंगो लगाउने नेकपामा सुदूरपश्चिम प्रदेश कमिटी पहिलो बनेको छ ।