बिहीबार बाँकेमा नेपाली कांग्रेसको जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गर्नेविरुद्ध परिवारले किटानी जाहेरी दिएको छ ।
बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं.२ सीतापुरस्थित नेपाल रेडक्रस सोसाइटीको हलमा वीपी जयन्ती मनाउने क्रममा विहीबार नेकपाका कार्यकर्ताहरुको आक्रमणबाट बाँकेकी कांग्रेस सभापति किरण कोइरालाको हात भाँचिएको थियो भने अन्य कार्यक्रता घाइते भएका थिए ।
कोइरालाको हात भाँचिएपछि छोराले बाँकेको खजुरा गाउँपालिका १ का वडाअध्यक्ष सुमन मल्लसहितविरुद्ध किटानी जाहेरी दिएका हुन् । उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग गरेको परिवारको आरोप छ ।