logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साफ यू–१८ नेपाली टिमको घोषणा


अंकुरण खबर
1.131K
Shares

काठमाडौं – साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपाली टिमको घोषणा भएको छ । असोज ३ गतेदेखि शुरुहुने प्रतियोगिताका लागि अन्तिम २३ जनाको सूची सार्वजनिक गरिएको हो ।

काठमाडौंमा हुन लागेको साफ यू १८ च्याम्पियनसिपमा नेपालले उद्घाटन खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । अन्तिम २३ मा गोलकिपर रोहित कार्की र दिपेश गुरुङले स्थान बनाउन सकेनन् ।

पोखरामा गरिएको अन्तिम बन्द प्रशिक्षण पछि आज सार्वजनिक गरिएको खेलाडीको सूचीमा गोलकिपरमा विशला सुनार, सूर्य अधिकारी र पुजन होना रहेका छन् । डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अन्जल महर्जन छन् ।

मिडफिल्डमा शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल, नितिन थापा रहेका छन् भने फरवार्डमा बृजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी टिममा पर्न सफल भएका छन् ।