म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
समूह एल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टानालाई एक शुन्य गोल अन्तरले पराजित गरेको हो । उसका लागि १७ बर्षे खेलाडी म्यासन ग्रीनवूडले निर्णायक गोल गरे ।
आर्सनलले पनि लिगमा विजयी शुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा आर्सनलले फ्रान्कफटलाई तीन शुन्यले पराजित गरेको हो । आर्सनललाई जिताउन जोसेफ विलक, बुनायो साका र पिएर एमरिकले एक–एक गोल गरे ।
युरोपा लिग अन्तर्गत गएराति विभिन्न बा¥ह समूहका चौबिस खेल भएका छन् । एजेन्सी