logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तेस्रो संस्करणको साफ यू-१८ फुटबलमा आज बंगलादेश र श्रीलंका भिड्दै


अंकुरण खबर
1.937K
Shares

काठमाडौं – काठमाडौंमा जारी तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा आज (शनिबार) बंगलादेश र श्रीलंका भिड्दैछन् ।

एपीएफको हलचोक मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । दुवै टोली समुह बीमा रहेका छन् । तुलनात्मक रुपमा बलियो समुह बीमा भारत समेत रहेको छ । विजेता टोली सेमिफाईनलको नजिक पुग्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले माल्दिभ्ससंग १–१ गोलको बराबरी खेलेको थियो । नेपालका लागि मनिष डाँगीले बराबरी गोल फर्काएका थिए ।

नेपालले समुह चरणको दोस्रो खेलमा भोली ९आईतबार० भुटानसंग खेल्नेछ ।