logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साफ यू-१८ च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै


अंकुरण खबर
1.352K
Shares

काठमाडौं – साफ यू–१८ फुटबल च्याम्पियनसिपमा आज आयोजक नेपाल र भुटान भिड्दै छन् । समुह एमा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा भुटानसंग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल काठमाडौं हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा दिउँसो तीन बजे हुने छ । भुटानलाई हराउदै नेपाल सेमिफाइनलमा पुग्ने प्रयासमा छ । समुह चरणको पहिलो खेलमा नेपालले माल्दिभ्ससंग एक–एकको बराबरीमा रोकिएका थिए ।

समुह चरणमा माल्दिभ्स र नेपालको समान एक अंक छ । नेपाल प्रतियोगिताका अघिल्ला दुई संस्करणको विजेता हो ।