logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजनीतिक संरक्षणका ठेक्कापट्टाहरु अलपत्र परेको भन्दै प्रधानमन्त्री आक्रोशित


अंकुरण खबर
2.613K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रभाव र संरक्षणका कारण ठेक्का पट्टाहरु अलपत्र भएको भन्दै त्यस्ता गतिविधि रोक्न निर्देशन दिएका छन् ।

सिंहदरबारमा आइतबार बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४६ औ बैठकमा प्रधानमन्त्री ओलीले ठेक्का पट्टालाई राजनीतिक प्रभाव पार्ने र संरक्षण गर्ने प्रवृतिबाट मुक्त गर्नुपर्ने बताएका हुन् । चौधौं योजना सन्तोषजनक रहेकाले विकासको गतिलाइ तिव्रता दिने बेला आएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले वितरण मुखी लोकप्रिय कार्यक्रम भन्दा पनि जनतालाई विकासमा उत्प्रेरित गर्ने कार्यक्रमहरु जनतामाझ लैजान आग्रह पनि गरे बैठकमा मुख्यमन्त्रीहरुले विकास आयोजना हस्तान्तरणमा ढिलाइ नगर्न विकास आयोजनका लागि जग्गाप्राप्ति र कर्मचारी भर्नाको लागि बाटो खोलीदिन पार्न आग्रह गरेका थिए ।