काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली संघियताको सबैभन्दा ठूलो दुश्मन भएको आरोप लगाएका छन् ।
सोमवार महोत्तरीमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीले संघीयता असफल बनाउन चाहेको आरोप लगाएका हुन् । संविधानमा च्याप्छु भन्ने र संविधानलाई च्यात्छु भन्ने दुबै शक्तिबाट संघियता र संविधानमाथि खतरा रहेको नेता थापाको भनाइ छ ।
नेता थापाले सरकारले संघीयता विरोधि कानून ल्याउँदा समेत सरकारमा रहेको समाजवादी पार्टी चुप लागरेर बस्नु अनौठो रहेको पनि बताए । उनले कांग्रेसले संविधान रक्षार्थ संविधानलाई संशोधन गरि सर्वस्वीकार्यता बनाउन चाहेको दावी पनि गरे ।