काठमाडौं – स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले आफ्नो छैटौं खेलमा तेस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा भिल्ला रियललाई २–१ ले पराजित गर्दै लिग अंक तालिकामा चौंथो स्थानमा उक्लिएको छ । मेसीको कर्नरलाई सदुपयोग गर्दे एन्टोनी ग्रिजम्यानले छैटौं मिनेटमानै बार्सिलोनालाई अग्रता दिलाएका थिए।
यद्यपी मेसी पुरै समय मैदानमा भने रहेनन् । पिडुलाको चोटबाट मुक्त भएर मैदान फर्किएका मेसी पुन ह्यामिस्ट्रीङका कारण दोस्रो हाफमा मैदानबाट बाहिरिए । मेसी मैदान उत्रिएसँगै उनले बार्सिलोनाबाट स्पेनिस लिगमा ४ सय खेल पुरा गरे ।
बार्सिलोनाले लगतै अग्रता दोब्बर बनाउने क्रममा उसका लागि अर्तुर भिडालले १५ औ मिनेटमा दोस्रो गोल संभव बनाए। भिल्ला रियल दुई गोलपछि समालिएको थियो। जहाँ क्याजोलाले ४४ औ मिनेटमा भिल्ला रियलका लागि एक गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेका थिए। तर गोल हुन सकेन्।
जितपछि बार्सिलोनाका मुख्य प्रशिक्षक एर्नेस्टो भाल्भर्डेले मेसी सामान्य चोटमा रहेको बताए। बार्सिलोना तीन अंक बटुल्दै ४ खेलबाट १० अंक जोड्यो। भिल्ला रियल ८ अंक सहित तालिकाको आठौं स्थानमा छ। जारी लिगमा नवप्रवेशी ग्रानडा तालिकाको शीर्ष स्थानमा छ। एट्लेटिको बिल्बाओ दोस्रो स्थानमा रहदाँ रियल मड्रिड तालिकाको तेस्रो स्थानमा छ।