logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिकोणात्मक टी-२० सिरिज : पहिलो खेलमा आज नेपाल र जिम्बाबे भिड्दै


अंकुरण खबर
1.404K
Shares

काठमाडौं – त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले आज टेष्ट राष्ट्र जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र जिम्बाबेबीचको खेल सिंगापुरको इन्डियन एसोसियसनको मैदानमा साँझ सवा पाँच बजे शुरु हुनेछ ।

पहिलो खेलमा जिम्बाबेलाई हराएर सुखद शुरुवात गर्ने प्रयत्नमा नेपाल हुनेछ । तर टेष्ट राष्ट्र जिम्बावेलाई हराउन त्यति सहज भने छैन । जिम्बावे सिंगापुरमा भने सिरिज जित्ने योजना सहित मैदान उत्र्रदै छ । नेपाली टिममा यस पटक अनुभवी खेलाडीहरु ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर र बसन्त रेग्मी टिम बाहिर रहेका छन् ।

नेपाल र जिम्बावेबीच टी ट्वान्टी क्रिकेटमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा शनिबार सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।