logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यू–१८ साफ फुटबल : भुटानलाई हराउँदै बंगलादेश फाइनलमा


अंकुरण खबर
1.729K
Shares

काठमाडौं – नेपालमा जारी तेस्रो संस्करणको साफ यू १८ फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो ।

हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा बंगलादेशलाई जित दिलाउन तन्बिन हुसेन, फोसल अहमेद फाहिम,मिराज हुसेन र दिपक रोयले एक एक गोल गरे । अब बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ ।