काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश वा संघ सरकारको पुनर्गठन गर्दा दोलखा जिल्लाको प्रतिनिधित्व गराउने प्रतिवद्धता जनाएका छन् ।
दोलखाको जिरी नगरपालीकाको भवन समुद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । सम्बोधनको क्रममा अध्यक्ष दाहालले जिरीसंग राजधानीको भावनात्मक सम्बन्ध भएको उनले बताए ।
जिरीको विकासमा ध्यान नपुगेको आफू दोलखा पुगेपछि महसुस भएको सम्बोधनको क्रममा बताए । नेपाल बहुजातिय, बहुभाषिक, बहुसंस्कृतिक देश भएको भन्दै जिरीमा भएका बहुसांस्कृतिक विषयले नयाँ सन्देश दिएको बताए ।