काठमाडौं – सिंगापुरमा जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेपालले आयोजक सिंगापुरको सामना गर्दैछ । खेल इण्डियन एसोसिएनसनको मैदानमा साँझ सवा पाँच बजे शुरु हुनेछ ।
सिरिजको फाइनलमा स्थान बनाउनका लागि नेपाललाई आजको खेलमा जित आवश्यक छ । तर बलियो टोली सिंगापुरलाई हराउन त्यति सहज भने छैन । पहिलो खेलमा नेपाल शुक्रबार जिम्बावेसँग पाँच विकेटले पराजित भएको थियो ।
सिरिजको अंक तालिकामा नेपाल अंक विहिन रहेको छ । जिम्बावे दुई अंक जोडेर शीर्ष स्थानमा छ । सिरिज अन्तर्गत नेपालले मंगलबार जिम्वाबेसँग र बुधबार पुनः सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । सिरिजको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।