काठमाडौं – साफ यू-१८ फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । काठमाडौंको हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा दिउसो साढे दुई बजे हुने खेलमा भारत र बंगलादेश उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन ।
दुबै टिम पहिलोपटक उपाधि भित्राउने प्रयत्नमा हुनेछन् । अघिल्ला दुई संस्करणको उपाधि जितेको नेपाल समूह चरणवाटै बाहिरिएकाले यो पटक नयाँ मुलुक च्याम्पियन हुने भएको हो ।
समूह चरणमा भारत र बंगलादेश गोल रहित बराबरीमा रोकिएका थिए । सेमिफाइनल भने भारतले माल्दिभ्सलाई हराएको थियो । बंगलादेशले भने भुटानलाई हराउदै फाइनल यात्रा तय गरेको हो ।