नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ ले आज दुवाकोटमा आयोजना गरेको प्रजातन्त्र सेनानी स्व. जानकीप्रसाद कुइँकेलको स्मृतिदिवस एवं चियापान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै नेता पौडेलले दुई तिहाइको आडमा सरकार निरंकुश बन्दै जान लागेको छ बताए ।
कांग्रेस पार्टीलाई व्यक्तिवादी, चाटुकारी र भक्तिवादी प्रवृत्तिबाट माथि उठाएर एकढिक्का बनाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै उनले भक्तपुरलगायत देशका विभिन्न भागमा हुने आगामी उपनिर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन पार्टीका कार्यकर्ता एकढिक्का भएर लाग्नुपर्नेमा सुझाव दिए ।
वर्तमान सरकारका गलत कामको विरोध गर्नुपर्ने बेलामा कांग्रेस आन्तरिक कलहबाट बाहिर निस्कन नसकेको उनको गुनासो थियो ।