logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुख महरामाथि तत्काल छानविन अघि बढाउनुपर्छ : गगन थापा


अंकुरण खबर
1.482K
Shares

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख कृष्णवहादुर महरामाथि छानविनको माग गरेको छ ।

नेपाली कांग्रेसका नेता गगन थापाले आज बुटवलमा पत्रकारसँग कुरा गर्दै सभामुखमाथि गम्भीर आरोप लागेकाले छानविन नागरिक सरह र प्रचलित कानून अनु्सार नै हुनुपर्ने माग गरेका हुन् ।

नेता थापाले महिलाले लगाएको आरोपबाट आफू स्तब्ध भएको भन्दै यसको अन्त्य विज्ञप्ति जारी गरेर मात्र नहुने पनि उल्लेख गरे ।

नैतिक प्रश्न उठेको र मुलुकको प्रतिस्ठासँग पनि घटना जोडिएकाले घटनाको छानविनमा सभामुख महराले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ । सभामुखले पदबाट बाहिर रहेर निष्पक्ष छानविन गर्नको लागि सहयोग पुर्‍याउनुपर्ने उनको भनाइ थियो ।

घटनाको निस्पक्ष छानविन गर्न प्रहरीसँग समेत नेता थापाले माग गरेका छन् । पछिल्ला घटनामा प्रहरीको साख गुमेकाले यो घटना त्यसलाई कायम गर्ने मौका भएको पनि नेता थापाको भनाइ थियो ।