logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वकप छनोट खेलका लागि खेलाडी छनोट


अंकुरण खबर
1.469K
Shares

काठमाडौं – सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा भएको छ ।

यही असोज २३ गते हुने अष्ट्रेलियाविरुद्धको खेलका लागि अखिल नेपाल फुटबल संघले २३ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो । छनोट हुने खेलाडीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथू र विशाल श्रेष्ठ छन् । त्यस्तै, डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् ।

मिडफिल्डरमा रोहित चन्द, सुनील वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छन् भने फरवार्डमा विमल घर्तिमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।

नेपालले छनोटको पहिलो खेलमा कुवेतसँग ७-० को लज्जास्पद हार व्यहोरेको थियो । त्यस्तै, दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइलाई उसैको मैदानमा २-० गोलले पराजित गरेको थियो ।