logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजबाट डिभी खुल्यो, डिभी भर्न पासपोर्ट अनिवार्य चाहिने


अंकुरण खबर
3.081K
Shares

काठमाडौं – सन् २०२१ को लागि डाइभर्सिटी भिसा (डीभी) को लागि आवेदन खुल्ला भएको छ । संयुक्त राज्य अमेरिकाले २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन खोलेको हो ।

डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा जनाइएको छ। डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन । अमेरिकामा कम आप्रवासी भएका मुलुकका नागरिकलाई अमेरिकाले चिठ्ठामार्फत भिसा उपलब्ध गराउँछ।

अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ। साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ।

तर डिपेन्टेन्टमा जानेका लागि भने यो आवश्यक छैन। यसैगरी कम्युनिस्ट देशका नागरिक र देशविहीनहरूका लागि पनि इन्टरनेशनल ट्राभल पासपोर्ट नम्बर नचाहिने आवेदनको सूचनामा उल्लेख छ।