logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु


अंकुरण खबर
455
Shares

अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लङ्घन गरी गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको र १४ जना घाइते भएको जनाएको छ ।

तालिबानका अनुसार आक्रमणले दुई देशबीचको तनावलाई थप चर्काएको छ र सीमावर्ती क्षेत्रमा असुरक्षाको अवस्था गम्भीर बनेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले मङ्गलबार राति र बुधबार बिहानको बीचमा पाकिस्तानले कुनार, खोस्त र पक्तिका प्रान्तका बस्तीहरूलाई लक्षित गरी बमबारी गरेको बताए । उनका अनुसार उक्त आक्रमणमा ११ बालबालिका, एक महिला र एक वृद्ध पुरुषको मृत्यु भएको छ ।

मुजाहिदले आक्रमणका क्रममा १४ जना महिला घाइते भएको जानकारी दिँदै घटनापछिका तस्बिरसमेत सार्वजनिक गर्नुभयो । तालिबानले यसलाई अफगानिस्तानको सार्वभौमसत्तामाथिको प्रत्यक्ष उल्लङ्घन र नागरिकमाथिको आक्रमणका रूपमा व्याख्या गरेको छ ।

अफगान अधिकारीहरूका अनुसार पछिल्लो एक वर्षयता अफगान भूमिमा भएका पाकिस्तानी सैन्य कारबाहीका कारण सयौँ व्यक्तिको ज्यान गइसकेको छ । सीमापार तनाव बढ्दै जाँदा दुवै देशबीचको सम्बन्ध लगातार बिग्रँदै गएको बताइएको छ ।