काठमाडौं – टी-२० क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान जाँदैछ ।
पाँच राष्ट्र सम्मिलित क्रिकेट सिरिजका लागि नेपाली टोली अपरान्ह तीन बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । सिंगापुरमा जारी त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेलेर नेपाली टोली ओमान जान लागेको हो ।
ओमानले आयोजना गर्ने सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । सिरिज असोज १८ देखि २३ सम्म हुनेछ ।
नेपालले पहिलो खेलमा आइतबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि नेदरल्याण्ड, आयरल्याण्ड र ओमानसँग खेल्नेछ ।