logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महरा प्रकरण : छानविन तत्काल अघि बढाउन सरकारसमक्ष सभापति देउवाको माग 


अंकुरण खबर
949
Shares

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निवर्तमान सभामुख कृष्णवहादुर महरामाथि लागेको यौन दुर्ब्यवहारको आरोपमा छानविन अघि बढाउन सरकारसँग माग गरेका छन् । देउवाले अभियोगमा मुछिएका महरामाथि निष्पक्ष छानविन हुनुपर्ने बताएका हुन ।

आरोपले अन्तराष्ट्रिय स्तरमा नेपाल र नेपालीको शीर झुकेपनि घटनामा सरकार मौन बसेकोमा सभापति देउवाले आश्चर्य समेत प्रकट गरेका छन् । सभापति देउवाले सरकारको उच्च ओहदाहामा बसेका व्यक्तिमाथि यस्तो आरोप लाग्दा सरकार मौन बस्नु रहस्यमय भएको समेत उल्लेख गरेका छन् ।

यो घटनाले सरकार नेपाली महिलाहरुको सुरक्षाका लागि संवेदनशील छैन भन्ने समेत देखाएको उनको भनाइ छ ।