logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महरालाई पक्राउ गर्न अनुमति दियो अदालतले, सम्भवत आज साँझसम्म पक्राउ पर्दै


अंकुरण खबर
1.404K
Shares

काठमाडौं – संसद सचिवालयमा कार्यरत आफ्नै कर्मचारी बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतको आदेशसँगै निवर्तमान सभामुख महरालाई हिरासतमा लिएर सो घटनामाथि थप छानबिन गर्न प्रहरीलाई बाटो खुलेको छ ।

नयाँ मुलुकी फौजदारी संहिता अनुसार कसैलाई पक्राउ गर्नुपूर्व अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्छ। तर पक्राउ गर्नुअघि संसदले निलम्बनको प्रक्रिया पुरा गर्नुपर्नेछ । अदालतबाट अनुमति पाएको प्रहरीले सम्भवत आइतबार साँझसम्म महरा पक्राउ पर्न सक्नेछन् ।