logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सन्दीप लामिछानेले लिए चार विकेट


अंकुरण खबर
1.3K
Shares

पाँच देश सम्मिलित टी-२० क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा सन्दीप लामिछानेले व्यक्तिगत चार विकेट लिएका छन् । उनले ४ ओभरको स्पेलमा २० रन खर्चेर महत्वपूर्ण चार विकेट हात पारेका हुन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सका टोबियास भिसीलाई सन्दीप लामिछानेले आफ्नो पहिलो बलमै बोल्ड गरेका हुन् । दोस्रो ओभरमा बलिङ गर्न आएका लामिछानेले ओपनर भिसीलाई व्यक्तिगत ४ रनको अवस्थामा आउट गरेका हुन् ।

दोस्रो विकेटका रुपमा ओुदाउदलाई १५औँ ओभरको दोस्रो बलमा पेभेलियन फर्काएका हुन् । तेस्रो र चौथो विकेट उनले १८ औँ ओभरमा लिएका हुन् । १८ औँ ओभरको दोस्रो बलमा भ्यान डर मर्वे र चौथो बलमा स्नेटरलाई आउट गरेका हुन् ।

उनको पहिलो विकेट बोल्डका रुपमा आएको थियो भने बाँकी तीन विकेट क्याचका रुपमा आएका थिए ।