logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालले टेष्ट राष्ट्रविरुद्ध इतिहास रच्ने अवसर गुमायो


अंकुरण खबर
858
Shares

अन्तर्राष्ट्रिय क्रिकेटको यात्रामा पहिलो पटक टेष्ट खेल्ने राष्ट्रविरुद्ध जित हात पार्ने अवसर नजिक पुगेको नेपाली क्रिकेट टोली आयरल्याण्डविरुद्ध चुकेको छ।

ओमानमा सञ्चालन भइरहेको पाँच राष्ट्र सम्मिलित टी(२० शृङ्खला अन्तर्गत बुधवार भएको खेलमा नेपाल टेष्ट राष्ट्र आयरल्याण्डसँग १३ रनले पराजित भएको हो।

नेपालले अहिलेसम्म कुनै पनि शैलीको क्रिकेट प्रतियोगितामा टेष्ट राष्ट्रलाई हराउन सकेको छैन। एक हप्ताअघि सिङ्गापुरमा खेलिएको प्रतियोगितामा पनि नेपालले जिम्बाब्वेलाई हराउने मौका गुमाएको थियो।

शुरूवात

ओमानको अल अम्रेट क्रिकेट मैदानमा टस जितेको आयरल्याण्डले पहिलो ब्याटिङ गर्दै निर्धारित ओभरमा आठ विकेट गुमाउँदै एक सय ४५ रन जोडेको थियो।

जवाफमा एक शुरूवाती ब्याट्सम्यानहरूले खेललाई आरामदायी रुपमा जिततर्फ दोहोर्‍याउने प्रदर्शन गरेप नि मध्यक्रम टिक्न नसक्दा नेपाल जितबाट टाढिन पुग्यो।

नेपालले १३२ रन मात्रै बनाउन सक्यो।

करण केसी चम्किएका त्यो प्रणय दिवस यो महानवमी

नेपालको ऐेतिहासिक एकदिवसीय पाइला

कप्तान पारस खड्का (२५ रन ), इशान पाण्डे (२२ रन) र आरिफ शेखले २६ रन बनाएर बलियो शुरूवात दिलाएका हुन्। उपकप्तान दीपेन्द्र सिंह ऐरीले १९ रन जोडे।

एक समय १०० रन बनाउँदा तीन विकेट मात्र गुमाएको थियो।

तर त्यसपछि महत्त्वपूर्ण समयमा आएका विनोद भण्डारी तत्काल एक रन बनाएर आउट भए भने युवा सन्दीप जोराले पनि दबाव थेग्न नसक्दा दुई रन बनाएर पवेलियन फर्किए।

टोलीलाई जिताउने मोर्चा फेरि एक पटक करण केसीको काँधमा आइपुगेको थियो। तर त्यतिबेला नेपाल अन्तिम ओभरमा २५ रनको ठूलो लक्ष्यमा पूरा गर्नुपर्ने कठिन स्थितिमा पुगिसकेको थियो।

केसीले पहिलो बलमा छक्का र दोस्रो बलमा चौका हानेर खेलमा रोमाञ्च थपे। तर तेस्रो बलमा बाउन्ड्री लाइनमा क्याच आउट भएसँगै नेपालको आशा समाप्त भयो।

बलिङ

यसअघि पहिलो ब्याटिङ गरेको आयरल्याण्डले राम्रो शुरूवात गरेको थियो।

आयरल्याण्डका प्रभावशाली खेलाडी तथा जारी प्रतियोगितामा सर्वाधिक रन बनाउनेमा पहिलो स्थानमा रहेका केभिन ओब्रायन ९५ रन ०लाई सन्दीप लामिछानेले शुरूमै आउट गरेका थिए।

तर पाउल स्टर्लिङ र एन्डी बालविर्नीले दोस्रो विकेटका लागि ८८ रनको बलियो साझेदारी गरेपछि उनीहरूले नेपालविरुद्ध ठूलो स्कोर खडा गर्ने मुड देखाएका थिए।

तर नेपाली बलरहरूले त्यसो हुन दिएन। थप १८ रन जोड्दा विपक्षीको पाँच विकेट झरिसकेको थियो।  त्यस क्रममा करण केसी, ललित नारायण राजवंशी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए।

केसीले जमिरहेका स्टर्लिङ ९५९ रन० लाई आउट गर्नुका साथै सोही ओभरमा हेरी टेक्टोरलाई रन आउटको शिकार बनाए। राजवंशीले एन्ड्री बलबीनीले ३८ रनमा आउट गरे । बोहोराले विकेटकिपर कप्तान गेरी विल्सन (६ रन )लाई शिकार बनाएका हुन्।

युवालाई मौका

आयरल्याण्डविरुद्धको खेलमा नेपाली प्रशिक्षक उमेश पटवालले दुई युवा खेलाडीलाई मौका दिए। प्रारम्भिक खेलाडीका रूपमा इशान पाण्डे र युवा ब्याट्सम्यान सन्दीप जोरालाई मौका दिइएको हो।

पवन सरार्फ र रोहितकुमार पौडेललाई टिम बाहिर राखिएको थियो।

पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले यसअघि खेलेका दुवै खेल जितेको छ।

नेपालले पहिलो खेलमा हङ्‌कङ र दोस्रो खेलमा नेदरल्याण्डलाई पराजित गरेको थियो।

साभार बीबीसी न्यूज