logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ राष्ट्रपति सीले काठमाडौंमा २० घण्टा बिताउने


अंकुरण खबर
1.742K
Shares

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा शनिवार नेपाल आउने चिनिया राष्ट्रपति सी जिनपिङले नेपालमा करिव बीसघन्टा बिताउने भएका छन् ।

शनिवार अपरान्ह भारतको चेन्नेइ हुँदै काठमाडौ आउने राष्ट्रपति सी आइतबार मध्यान्ह स्वदेश फर्कने भ्रमण तालिका तय भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार चिनिया राष्ट्रपतिलाई शनिवार अपरान्ह चार बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले स्वागत गर्ने कार्यक्रम छ । सीलाई सोल्टी होटलमा राखिने छ ।

चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति भण्डारीबीच शनिबार नै भेटवार्ता हुनेछ । सी सोही दिन राष्ट्रपति भण्डारीले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनेछन् । आइतबार प्रधानमन्त्री केपी ओली र चिनिया राष्ट्रपति सी को उपस्थितीमा उच्तस्तरीय बैठक हुनेछ ।

सो क्रममा आधा दर्जनबढी सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ । केरुङ काठामडौं रेलमार्गका विस्तृत परियोजना प्रतिवेदन, नेपाल–चीन सुपर्दगी सन्धी, ७६२ मेगावाट क्षमताको तमोर जलविद्युत आयोजना, अद्योगिक पार्क लगायतका परियोजनामा दुई देशबीच छलफल जारी छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेतासँग भेट गरेर राष्ट्रपति सी आइतबार मध्यान्ह स्वदेश फर्कने कार्यक्रम छ ।