logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ राष्ट्रपति सी चेन्नाईबाट १:४५ मा काठमाडौं प्रस्थान गर्ने


अंकुरण खबर
1.534K
Shares

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जीनपिङ दुईदिने नेपाल भ्रमणका क्रममा भारतको चेन्नाईबाट नेपाली समयानुसार १स्४५ बजे काठमाडौंका लागि प्रस्थान गर्ने भएका छन् । उनी एयर चाइनाको विशेष विमानमार्फत नेपाल आउन लागेका हुन् ।

सीलाई अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले स्वागत गर्ने कार्यक्रम छ । विमानस्थलमा उनलाई उच्च सम्मानका साथ स्वागत गर्ने तयारी छ ।

राष्ट्रपति सीले आजै अपराह्न शीतल निवासमा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ आज नै राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सीको स्वागतमा रात्रिभोजको आयोजना गरेकी छिन् । आइतबार बिहान प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति सीसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम छ ।