काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैं, तिहार, छठ र नेपाल संवतको अवसर पारेर आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ।
कांग्रेसले चियापानमा करिब १ लाखलाई निम्त्याएको छ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि ५ बजेसम्म हुने कार्यक्रममा सरकारका मन्त्रीहरू, सत्तारुढ दल र विभिन्न राजनीतिक दलका केन्द्रीय नेताहरू, कुटनीतिक नियोगका प्रमुखहरू,संवैधानिक अंगका प्रमुखहरू निम्त्याइएका छन् ।
मेलमिलापको नीति लिएर वीपी कोइराला नेपाल फर्किएपछि उनले जलपानको शुरुवात गरेका थिए । ०३४ सालदेखि निरन्तर कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान गर्दै आएको छ ।
जसलाई कांग्रेसले अहिलेसम्म निरन्तरता दिएको छ भने अन्य राजनीतिक दलहरूले समेत यसको सिको गरेका छन् ।